१४ पुस, काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् ।
निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार बिहीबार नेमकिपा, साझा विवेकशील र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीयसमाजवादी पार्टीले समानुपातिकको सूची बुझाएका छन् ।
नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली बिहीबार नै टुंगो लगाइसकेको छ । कांग्रेस र माओवादी नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा छन् । कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् ।
यसैगरी संघीय समाजवादी फोरम नेपालले १३, राजपाले १२, राप्रपाले ३, साझा विवेकशीलले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।
याँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १-१ समानुपातिक सिट पाएका छन् ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग