December 18, 2017

चुनाव नेपालको, प्रचार चीनको

पुस ३, २०७४, ‘नेपाली नेताहरुलाई होच्याउँदा प्रतिवाद नहुनु विडम्बनापूर्ण छ । जुन पार्टीलाई भोट दिए पनि त्यो नेपाली मतदाताहरुको निर्णय हो । चीन अथवा अर्को कुनै देशको हार वा जित होइन ।’ परराष्ट्रविद् निश्चलनाथ पाण्डे

वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन् ।

लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले-माओवादी गठबन्धनप्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ ।

‘द इकोनोमिस्ट’ म्यागजिनले समाचार टिप्पणीको शीर्षक नै ‘द माउन्टेन्स् अफ् माओ’ दिएको छ । शनिबारको अंकमा इकोनोमिस्ट लेख्छ, ‘एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकारमात्रै होइन, सातमध्ये छ प्रदेशका सरकारमा पनि नियन्त्रण गर्ने देखिएको छ ।

१६५ संघीय सिटमध्ये ७० प्रतिशत उनीहरुले पाउँदैगर्दा कांग्रेसलाई १४ प्रतिशतमात्रै पर्ने देखिन्छ ।’ भारतसँग खुला सिमानाको लाभ नेपालले पाउँदैआए पनि अब बन्ने कम्युनिस्ट सरकार चीनमैत्री हुने उसको विश्लेषण छ ।

अनि भारतसँग निर्भर रहँदै आएको नेपाललाई हिमालयपारि चीनसँगको रेलवे, सडक आयोजना सम्झौताले चिनियाँ राजनीतिक व्यवस्थाप्रति रुझान पनि बढाउन सक्ने आकलन गरेको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा बसन्त बस्नेतले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले