राष्ट्रिय सभा गठनपछि मात्र प्रधानमन्त्री देउवाको राजीनामा: कांग्रेस

MKK_9023-768x477

२७ मंसिर, काठमाडौं । सरकार छाड्ने तयारीमा रहेको नेपाली कांग्रेसले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व भएको बताएको छ । साथै, प्रधानमन्त्रीको राजीनामा मागेर होहल्ला नगर्न समेत वाम गठबन्धनका नेताहरुलाई आग्रह गरेको छ ।सरकारले भोलिको मन्त्रिपरिषद् बैठकबाट प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने तयारी गरेको छ ।तर, नयाँ सरकार गठनको तयारीमा रहेका एमाले र माओवादीका नेताहरुले यसमा असन्तुष्टि जनाएका छन् ।कांग्रेस नेता बालकृष्ण खाँडले भने संवैधानिक व्यवस्था अनुसार सरकारले काम गर्नु पर्ने बताउँछन् । ‘अस्थायी मुकाम तोक्न गृहकार्य भइरहेको छ’, खाँडले अनलाइनखबरसँग भने, ‘समानुपातिकको नाम बुझाउन साथ २० मुख्यमन्त्रीको सपथ गराउनुपर्छ । यसका लागि प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नु सरकारको दायित्व हो ।’

राष्ट्रिय सभा गठन नभएसम्म केन्द्रमा सरकार बन्न नसक्ने दाबी गर्दै उनले प्रदेश प्रमुख तोकिने संकेत गरे । उनले भने, ‘यदि नयाँ बन्ने सरकारलाई उपयुत्त, लागेन भने नयाँ निर्णय गर्न सक्छ । तर, यो सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्नुपर्छ ।’

सरकार गठनमा अवरोध हुँदैन

प्रधानमन्त्री देउवा निकट मानिने नेता खाँडले नयाँ सरकार गठनमा अवरोध नहुने बताएका छन् ।

‘राजीनामाबारे अहिले पार्टीमा छलफल भइरहेको छैन’ नेता खाँडले भने, ‘तर, राष्ट्रिय सभा गठन भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्छ र गर्नुहुन्छ ।’

तर, पाँच वर्षका लागि म्याण्डेट लिएको आएको वाम गठबन्धनका नेताहरुलाई अहिले नै राजीनामा माग गर्दै होहल्ला गर्दै असहिष्ण व्यवहार नदेखाउन आग्रह गरेका छन् ।

२०७४ मंसिर २७ गते १७:२४ मा प्रकाशित (२०७४ मंसिर २८ गते ७:३७मा अद्यावधिक गरिएको)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा