प्रकाशमानलाई रवीन्द्र मिश्रकाे बधाई !

 

काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेससँग पराजित भएपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई टेलिफोन गरेर बधाई दिएका छन् ।

उनी पराजित भएपछि जारी गरेको प्रेश विज्ञप्तिमार्फत पनि उनले बधाई दिएका छन् ।

“काठमाडौं क्षेत्र नं १ बाट मेरो भन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रोपटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु,” मिश्रले भनेका छन्,“विवेकशील साझा पार्टीको निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामै विना संगठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रुपमा हेरिएको तथ्यलार्य मैले अत्यन्तै उत्साहजनकरुपमा लिएको छु ।”

उनले सोचेको भन्दा बढी मत प्राप्त गरेको पनि बताएका छन् ।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व नाराका साथ चुनावमा होमिएको विवकेशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने थियो । समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं,” उनले भनेका छन्, “समष्टिगत रुपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन । अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरुलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ । यो देश बनाएरै छाड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहेनछ भन्नेमा हामीमा विश्वस्छौं । गरेरै छोड्ने हो, यो देशको परिवर्तन हेरेरै मर्ने हो ।”
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र