काठमाडौंका २ ठाँउमा काङ्ग्रेस अगाडि, ८ ठाँउमा बाम गठबन्धन : यस्तो छ मत परिणाम

मंसिर २२, २०७४ 
 
 bam gathabandan

 

Nepali-congress-768x513

काठमाडौं – काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाको निर्वाचन तर्फको प्रारम्भिक मतगणना हुँदा बाम गठबन्धनका दलले अग्रता लिइरहेका छन् । केही क्षेत्रमा भने नेपाली काङ्ग्रेसले समेत अग्रता लिएको छ । 

काठमाडौं क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विवेकशील साझाका रवीन्द्र मिश्रले २ हजार ९ सय १६ मत पाएका छन् । 

काठमाडौं क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार माधव नेपालले २८ सय ४० मत ल्याएर अग्रता हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका दीपक कुँइकेलले १४ सय ५४ मत ल्याएका छन् । यस्तै तेश्रो स्थानमा रहेको विवेकशील साझाका डा. सुरेशराज आर्चायले १२ सय ६५ मत प्राप्त गरेका छन् ।

यता काठमाडौं क्षेत्र नं. ३ मा बाम गठबन्धनका उम्मेदवार कृष्णभक्त राईले २ हजार ८ सय र उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएर पछ्याइरहेकी छिन् । 

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा अगाडि लागेका छन् । उनले ५ हजार ४ सय २२ र एमालेका राजन भट्टराईले ४ हजार ८ सय ७८ मत ल्याएर पछ्याइरहेका छन् । 

यस्तै काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलले १४ सय र उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका रामशरण महतले ६ सय १३ मत ल्याएका छन् । 
काठमाडौं क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलाई माओवादीका झक्कु सुवेदीले ३ सय ३९ मतले पछाडि पारेका छन् ।  

काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेदवार रामवीर महर्जनले १ हजार ७२ मत पाएका  छन् भने राप्रपाका विक्रम बहादुर थापाले ६ सय २४ मत ल्याएका छन् । ्
काठमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठ ४ हजार २ सय ५६ मत ल्याएर अगाडि रहेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका नवीन्द्रराज जोशीले ३ हजार ८ सय ६४ मत ल्याएका छन् । 

यस्तै काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ४ हजार २ सय ३३ र काङ्ग्रेसका ध्यान गोविन्द रञ्जितले २८ सय ७८ मत ल्याएका छन् । 

यता काठमाडौं १० मा नेपाली काङ्ग्रेसका राजन केसी अगाडि रहेका छन् । उनले ४ हजार ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हितमान शाक्यले २ हजार ७ सय ७३ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित