माघ १५ भित्र बन्नेछ नयाँ सरकार, यस्तो छ प्रक्रिया

samsad-3jpg-ca-building_9FTrGtiS5Gकाठमाडौँ, १९ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ। चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई मतपरिणाम आएपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक व्यवस्थाअनुसार अब संसद् सदस्य नभएका व्यक्तिले प्रधानमन्त्री बन्न पाउने छैनन्। नयाँ सरकार गठनका लागि निर्वाचन परिणाम आइसक्नु पहिलो शर्त हुनेछ। संविधानको धारा ७६ को व्यवस्थाअनुसार निर्वाचनको अन्तिम परिणाम आएको बढीमा ३५ दिनभित्र नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ।

मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आँकलन छ। यसअघि २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि समानुपातिकसहित सबै मत परिणाम आउन तीन साता लागेको थियो। पुस १० भित्र मत परिणाम आइसकेपछि ढिलामा माघ १५ भित्र नयाँ सरकार बनिसक्नेछ।

संविधानको धारा ७६(८) बमोजिम निर्वाचनको सम्पूर्ण मत परिणामा आएको ३५ दिनभित्र प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न गर्नुपर्छ। संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। बहुमत नआए दुई वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत