मत हाल्ने रहर यसपालि पनि अधुुरै रहने !

काठमाडौँ, १० मंसिर । ।  हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुुरै रहने भएको छ ।  सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन् ।
मतदानस्थल टाढा भएका कारण उहाँहरूको भोट हाल्ने रहर अधुुरै रहने भएको हो ।  हालको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ को थापागाउँ बस्तीसँग वडा जोडिएपछि दूरदराजको बस्ती मासपुुरका जनताको मत हाल्ने रहरमा तुुषारापात भएको शनिबार बेलुुका ५ बजे मतदानस्थल आइपुुगेका कल्या बुुढाले दुुःखेसो गर्नुभयो ।
आफूहरूको मतदान केन्द्र कैलाश आधारभूत विद्यालयमा आएर मत हाल्ने सबैको रहर भएर पनि बूढाबूढी हिँड्न नसक्ने र घरको एक जनाले बालबच्चा र बस्तुुभाउ तथा घरको हेरचाह गर्नैपर्ने बाध्यताले बढीमा २० जना मात्र मत हाल्न आउने उहाँले बताउनुुभयो ।  “गाउँवासी सबैमा भोट हाल्ने इच्छा छ तर त्यो सपनाजस्तै छ, कहिले पूरा होला र त्यो सपना ?”, लामो सास फेर्दै बुढाले भन्नुभयो ।
अझ अर्को रोचक पक्ष त के छ भने गत स्थानीय चुुनावमा मत हालेका मतदाताले यसपालि भोट हाल्न पाउँदैनन् ।  उहाँहरूको साटो अस्ति निर्वाचनमा मत हाल्न नआएका मतदाताहरू यसपालि आएको बलबिरे बुढाले बताउनुुभयो ।  राज्यबाट सेवासुुविधा पुु¥याउन निकै कठिन हुुने सो गाउँमा विकासे योजनाहरू त दुुई वर्षको अन्तरमा पर्ने गरेको उहाँले बताउनुुभयो ।
शनिबार बिहान ५ बजे हिँडेर मतदान केन्द्र रहेको थापागाउँ आइपुुग्नुुभएकी याङ्जुु रोकायाले गुनासो गर्नुभयो, “हाम्रो बाध्यता कसले बुुझिदेला र ? अरू विकास त पाइँदैन पाइँदैन, संविधानले नै प्रत्याभूत गरेको मतदान गर्ने अधिकारबाट समेत वञ्चित हुुनुुको पीडा कस्तो हुन्छ, त्यो मासपुुरवासीलाई मात्र थाहा छ । ”
यसपालिको निर्वाचनमा मत हाल्न मतदान केन्द्र आउने धेरै चाहना भए पनि पूरा नभएको सन्देश मतदान गर्न आएका मतदातामार्फत अरूले दिएका छन् ।  कुुसकला बुढाले आफूमार्फत मासपुुरवासीलाई मतदान केन्द्रको व्यवस्था गाउँमै गर्न अनुरोध गर्नुभएको रोकायाले बताउनुुभयो ।  “हामी नेपाली जनता हौँ भने मत हाल्ने व्यवस्था राज्यले गरोस्”, बुुढाको भनाइ उद्धृत गर्दै रोकायाले भन्नुभयो ।
त्यसो त मासपुर गाउँको इतिहास पनि २०५२ सालदेखिको मात्र छ ।  २०५२ सालमा मात्र सो गाउँ पत्ता लागेको थियो र २०५६ सालको निर्वाचनदेखि मात्र मतदाता नामावली सङ्कलन भएको थियो ।  २०५८ को जनगणनाबाट त्यहाँका जनताको विवरण सार्वजनिक भएको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताउनुुभयो ।
केही व्यक्तिले दूरदराज भएकै कारण नागरिकता लिन नपाएको उहाँले  बताउनुुभयो ।  गत वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका बेलादेखि नै मतदान केन्द्र राख्नका लागि पहल भए पनि त्यो पूरा हुुन नसक्दा मासपुुरका जनता मताधिकारबाट वञ्चित हुनुु परेको उहाँले बताउनुुभयो ।  हालसम्म सञ्चारको कुुनै पनि माध्यम नपुुगेको मासपुुर गाउँमा यसपालि निर्वाचनका लागि नेपाली काँग्रेसको टोली पुुगेको स्थानीयवासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद