मत हाल्ने रहर यसपालि पनि अधुुरै रहने !

काठमाडौँ, १० मंसिर । ।  हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुुरै रहने भएको छ ।  सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन् ।
मतदानस्थल टाढा भएका कारण उहाँहरूको भोट हाल्ने रहर अधुुरै रहने भएको हो ।  हालको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ को थापागाउँ बस्तीसँग वडा जोडिएपछि दूरदराजको बस्ती मासपुुरका जनताको मत हाल्ने रहरमा तुुषारापात भएको शनिबार बेलुुका ५ बजे मतदानस्थल आइपुुगेका कल्या बुुढाले दुुःखेसो गर्नुभयो ।
आफूहरूको मतदान केन्द्र कैलाश आधारभूत विद्यालयमा आएर मत हाल्ने सबैको रहर भएर पनि बूढाबूढी हिँड्न नसक्ने र घरको एक जनाले बालबच्चा र बस्तुुभाउ तथा घरको हेरचाह गर्नैपर्ने बाध्यताले बढीमा २० जना मात्र मत हाल्न आउने उहाँले बताउनुुभयो ।  “गाउँवासी सबैमा भोट हाल्ने इच्छा छ तर त्यो सपनाजस्तै छ, कहिले पूरा होला र त्यो सपना ?”, लामो सास फेर्दै बुढाले भन्नुभयो ।
अझ अर्को रोचक पक्ष त के छ भने गत स्थानीय चुुनावमा मत हालेका मतदाताले यसपालि भोट हाल्न पाउँदैनन् ।  उहाँहरूको साटो अस्ति निर्वाचनमा मत हाल्न नआएका मतदाताहरू यसपालि आएको बलबिरे बुढाले बताउनुुभयो ।  राज्यबाट सेवासुुविधा पुु¥याउन निकै कठिन हुुने सो गाउँमा विकासे योजनाहरू त दुुई वर्षको अन्तरमा पर्ने गरेको उहाँले बताउनुुभयो ।
शनिबार बिहान ५ बजे हिँडेर मतदान केन्द्र रहेको थापागाउँ आइपुुग्नुुभएकी याङ्जुु रोकायाले गुनासो गर्नुभयो, “हाम्रो बाध्यता कसले बुुझिदेला र ? अरू विकास त पाइँदैन पाइँदैन, संविधानले नै प्रत्याभूत गरेको मतदान गर्ने अधिकारबाट समेत वञ्चित हुुनुुको पीडा कस्तो हुन्छ, त्यो मासपुुरवासीलाई मात्र थाहा छ । ”
यसपालिको निर्वाचनमा मत हाल्न मतदान केन्द्र आउने धेरै चाहना भए पनि पूरा नभएको सन्देश मतदान गर्न आएका मतदातामार्फत अरूले दिएका छन् ।  कुुसकला बुढाले आफूमार्फत मासपुुरवासीलाई मतदान केन्द्रको व्यवस्था गाउँमै गर्न अनुरोध गर्नुभएको रोकायाले बताउनुुभयो ।  “हामी नेपाली जनता हौँ भने मत हाल्ने व्यवस्था राज्यले गरोस्”, बुुढाको भनाइ उद्धृत गर्दै रोकायाले भन्नुभयो ।
त्यसो त मासपुर गाउँको इतिहास पनि २०५२ सालदेखिको मात्र छ ।  २०५२ सालमा मात्र सो गाउँ पत्ता लागेको थियो र २०५६ सालको निर्वाचनदेखि मात्र मतदाता नामावली सङ्कलन भएको थियो ।  २०५८ को जनगणनाबाट त्यहाँका जनताको विवरण सार्वजनिक भएको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताउनुुभयो ।
केही व्यक्तिले दूरदराज भएकै कारण नागरिकता लिन नपाएको उहाँले  बताउनुुभयो ।  गत वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका बेलादेखि नै मतदान केन्द्र राख्नका लागि पहल भए पनि त्यो पूरा हुुन नसक्दा मासपुुरका जनता मताधिकारबाट वञ्चित हुनुु परेको उहाँले बताउनुुभयो ।  हालसम्म सञ्चारको कुुनै पनि माध्यम नपुुगेको मासपुुर गाउँमा यसपालि निर्वाचनका लागि नेपाली काँग्रेसको टोली पुुगेको स्थानीयवासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि