कर फछ्र्योट पदाधिकारीको थुनछेक बहस

uchha-adalat_KXwgKsRAIQकाठमाडौँ, ५ मंसिर । अनियमित ढङ्गबाट कर मिनाहाको आरोप लागेका कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालको अदालती बयान सकिएको छ ।
विशेष अदालतमा महत र ढकालको बयान सकिएपछि सोमबारदेखि नै थुनछेक बहस सुरु भएको छ ।  बहस मङ्गलबार पनि हुनेछ ।  अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा सदस्यहरू द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासका बयान सकिएको हो ।
आरोपित द्वयको बयान सकिएपछि सोमबार नै महत र ढकालका कानुन व्यवसायीले थुनछेक बहस सुरु गरेका छन् ।  विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले बहस मङ्गलबारका लागि निरन्तर राखिएको बताउनुभयो ।
विशेष अदालतले आरोपित द्वयसँग चार दिनसम्म लगातार बयान लिएको थियो ।  कात्तिक २९ गते अदालतमा उपस्थित हुनुभएका उहाँहरूसँग कात्तिक ३० गतेबाट बयान लिन सुरु गरिएको थियो ।  बयानका क्रममा अध्यक्ष महत र सदस्य ढकालले कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार प्रयोग गरेर कर मिनाहा गरेको जिकिर गर्नुभएको छ ।  कर मिनाहामा कुनै पनि बदनियत नभएको उहाँहरूले दाबी गर्नुभयो ।
आयोग गठन ऐनले कर फछ्र्योट आयोगलाई निर्णयको स्वविवेक अधिकार दिएको पनि उहाँहरूले जिकिर गर्नुभयो ।  आयोगले करदाता समेतसँगको आपसी छलफलबाट कर निर्धारण गर्न पाउने भएकाले सोही व्यवस्थाअनुसार कर निर्धारण गरिएको उहाँहरूले बताउनुभयो ।  कर निर्धारणमा कुनै पनि अनियमितता नगरेको महत र ढकालले दाबी गर्नुभयो ।
यस्तै, ऐनको दफा ९ को व्यवस्थाअनुसार आयोगले पुनः कर निर्धारण गर्दा सुरुमा कर अधिकारीले तोकेको अङ्कभन्दा करको रकम घटीबढी हुन सक्ने स्पष्ट व्यवस्था भएको पनि उहाँहरूले जिकिर गर्नुभयो ।  आयोग गठन ऐनको दफा १७ बमोजिम आयोगका काम कारबाहीमा कुनै पनि अड्डा अदालतमा मुद्दा नलाग्ने व्यवस्था विपरीत नियतवश आफूहरूलाई दुःख दिइएको उहाँहरूले बयान दिनुभयो ।
अब अदालतमा पक्ष÷विपक्षका कानुन व्यवसायीको बहसपछि उहाँहरूलाई धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निष्कर्ष इजलासले निकाल्ने छ ।  अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेमा उहाँहरूले मुद्दाको बाँकी कारबाही थुनामै रहेर पूरा गर्नु पर्नेछ ।  धरौटीमा रिहाको आदेश भएमा मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्न पाउनु हुनेछ ।
झन्डै चार महिनापछि गत बुधबार आयोगका तत्कालीन अध्यक्ष महत र सदस्य ढकाल अदालतमा हाजिर हुनुभएको थियो ।  सोही प्रकरणमा तानिनुभएका अन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक तथा आयोगका सदस्यसचिव चूडामणि शर्मा भने अदालतमा उपस्थित हुनुभएको छैन ।  शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १९ गते पक्राउ गरेरै अनुसन्धान अगाडि बढाएको थियो तर शर्मा सर्वोच्च अदालतको आदेशले रिहा भइसक्नुभएको छ ।
महत र ढकाललाई अख्तियारले फरार अभियुक्त बनाई मुद्दा दर्ता गरेको थियो ।  फरार रहेका उहाँहरूबारे सूचना दिनेलाई पुरस्कार दिने घोषणासहित अख्तियारले असार ८ गते सार्वजनिक सूचना नै जारी गरेको थियो ।  अख्तियारले साउन १ गते तत्कालीन आयोगका पदाधिकारीविरुद्ध १० अर्ब दुई करोड १९ लाख एक हजार ८२४ रुपियाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो ।  कुल २१ करोड रुपियाँ कर छुट गरेको अभियोगबाट सुरु भएको अनुसन्धानमा अख्तियारले १० अर्ब रुपियाँ बढीको बिगो दाबी गरेको हो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि