चुरोटले कसरी गराउँछ हर्टअट्याक ?

धेरै मानिसलाई चुरोटले फोक्सोको क्यान्सरमात्र हुन्छ भन्ने लाग्छ । तर चुरोट सेवनले क्यान्सरभन्दा हर्टअट्याकको सम्भानवा बढि हुन्छ । चुरोटले हर्टअट्याक हुन्छ भन्ने तथ्य सन् १९४० मा प्रमाणीत भएको हो । 

Stop smoking now

चुरोटले रक्तनलीहरुको भित्री भित्तामा कलेस्टेरोल जम्मा गराउछ । चुरोटले रगतलाई बाक्लो बनाएर जम्ने संभावना बढाउछ । चुरोट सेवनले नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल) घटाउछ । यसले मुटुको रक्तनलीहरु साँघुरो बनाउन सक्छ । चुरोटमा हुने निकोटिनले मुटुको धडकनको गति र रक्तचाप बढाउछ । चुरोटका कारण हुने यस्ता परिवर्तनले मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ र हर्टअट्याक हुन्छ । ब्रिटेनमा भएको एक अध्ययनअनुसार चुरोट सेवनगर्ने ३० देखी ५० वर्ष उमेरका मानिसमा चुरोट सेवन नगर्ने भन्दा हर्टअट्याकको सम्भावना ५ गुणा बढि हुन्छ । अमेरिकामा प्रत्येक ५ मृत्युमध्ये एक चुरोट सेवनका कारणले हुने अध्ययनले देखाएको छ ।

 चुरोट सेवनले उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) को सम्भावना अधिक हुन्छ । चुरोटका कारणले भएको उच्च रक्तचाप नियन्त्रण गर्न पनि निकै गाहे हुन्छ । हर्टअट्याकको सम्भावना चुरोट छाडेको दिन देखी नै घट्दै जान्छ । चुरोट छाडेको १० वर्षमा हर्टअट्याकको सम्भावना चुरोट कहिल्यै सेवन नगर्ने सरह हुनपुग्छ । चुरोटले ब्रेनअट्याक, दम, क्यान्सर, बाझोपन र हड्डी कमजोर हुने रोगपनि गराउछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित