November 15, 2017

नयाँ शक्ति पार्टीकाे ७ नम्बर प्रदेश इन्चार्ज भीमबहादुर कडायत सहित सयाैं नेता कार्यकर्ता एमालेमा

काठमाण्डौ २९ कार्तिक । नयाँ शक्ति पार्टी नेपालका नेता तथा प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टीका हजारौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा समायोजन भएका छन ।IMG_20171114_172141भक्तपुरकाे लोकन्थलिमा मंगलबार अायोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र भिमबहादुर कडायत नेतृत्वकाे नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समितिबीच पार्टी एकीकरण  भएकाे छ । संयोजन समितिमा रहेका FB_IMG_1510740876983कडायत  लगायत नयाँ  शक्तिका प्रभावशाली नेताहारु डा भरत लमिछाने, रमेश पन्त, डा  धिरेन्द्र कोइराला , डा  चेत नाथ अधिकारी, कमल शाही, मदन के.सि , तेम्ब्रेन तामाङ लगायत  विभिन्न जिम्मेवारीमा रहेका सयाै नेता तथा कार्यकर्ताहरु  सबै नेकपा एमालेमा अावद्द भएका छन  ।नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाम गठबन्धन छाडेर कांग्रेस नेतृत्वकाे लोकतान्त्रिक IMG_20171114_162822गठबन्धनसंग सहकार्य गरेपछि असन्तृष्ट रहेका कडायत लागायतका नेताहरूले  नयाँ शक्ति पार्टी नेपाल बाम ध्रुविकरण केन्द्रिय संयोजन समिति गठन गरेका थिए ।IMG_20171115_114838पूर्व मन्त्री समेत रहेका भीमबहादुर कडायत सुदुरपश्चिमकाे कम्यूनिष्ट अान्दोलनमा चर्चित नाम हो । तत्कालिन नेकपा माले र पछि नेकपा एमालेकाे संगठनलाई सुदुरपश्चिममा बिस्तार गर्ने प्रमुख नेताहरुमध्ये भीमबहादुर कडायतकाे नाम अग्रपंतिमा अाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष