पुष्पकमल दाहाल : चुनावपछि मात्रै पार्टी एकता हुन्छ

२७ कात्तिक, रत्ननगर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन ।

Prachanda-Chitwanचितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले आज पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिएका छन ।

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरेका छन ।

चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।

चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे रहेका छन । पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने