चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ।

निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने देखिएपछि विद्यार्थीको भविष्य संकटमा परेको हो।
प्रवेश परीक्षामा चिट चोरी भएको प्रहरीको प्रारम्भिक प्रतिवेदन आइसकेकाले नतिजा सार्वजनिक गर्दा सर्वत्र विरोध हुन सक्ने र रद्द गर्दा आफूहरूको गल्ती ठहर हुने भयमा आईओएमका पदाधिकारी परेका छन्।
नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले प्रवेश परीक्षाबारे समयमै निर्णय नहुँदा महँगो शुल्क बुझाएर विद्यार्थी बिदेसिन थालेको बताए। आजको अन्नपूर्ण पोस्टमा दीपा दाहालले लेखेकी छन् ।
‘कारण जे भए पनि आईओएमले निर्णय लिन ढिलाइ गर्दा त्यसको असर डाक्टर बन्ने उद्देश्य राखेका हजारौं विद्यार्थीमा परेको छ’, डा. शर्माले भने, ‘नेपालमा एक वर्ष खेर जाने सम्भावना देखिएपछि कन्सलटेन्सीलाई १० लाख रुपैयाँसम्म अतिरिक्त रकम बुझाएर विदेश जाने तयारी गरेको बुझिन्छ।’
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि