पुरुषले स्त्रीसँग चाहने तर व्यक्त नगर्ने कुरा

पुरुषहरु स्त्रीसँग के चाहन्छन् त्यो कुरा तपाईंलाई कहिले पनि भन्दैनन् । जसका कारण यो एउटा तनावको विषय बन्ने गर्दछ । उनीहरु तपाईंबाट के चाहन्छन् भन्दिने हो भने तपाईंका लागि धेरै कुरा सजिलो हुने थियोे । आज तपाईंहरुलाई हामी तपाईंको पुरुषले तपाईंबाट के कुरा चाहन्छन् भन्ने कुरा बताउँदैछौँ ।

couple-jodi-sex-keta-keti

१) सम्मानः आफ्नो सम्मान कसलाई पो प्यारो हुँदैन र रु अझ पुरुषलाई त यो सबैभन्दा प्यारो हुने गर्दछ । तर, यस्तो कुराहरु कहिले पनि बताउँदैनन् । तर यसको मतलब यो होइन कि तपाईं उनको जे कुरामा पनि तारिफ गर्न सुरु गर्नुहोस् । यसको सट्टा उनीहरु तपाईंको जीवनमा कति महत्वपूर्ण छन् भन्ने कुरा देखाउनुहोस् र उनको भावना र बिचारहरुलाई कति सम्मान गर्नुहुन्छ भनेर पनि देखाउनुहोस् ।

२) प्रशंसाः पुरुषहरुलाई कसैले प्रशंसा गरेको निकै मनपर्दछ तर उनीहरु यस्तो कुरा सजिलै देखाउँदैनन् । उनीहरुलाई तपाईंले झुटो प्रशंसा गरेको त मनपर्दैन तर यदि वास्तवमा नै तारिफ गर्नुहुन्छ भने उनीहरुलाई यो कुरा निकै राम्रो लाग्दछ ।

३) साथः पुरुषहरुलाई महिलाको साथ निकै प्यारो लाग्दछ । यदि उनीहरु कुनै म्याच खेलिरहेका छन् अथवा टिभि हेरिरहेका छन् भने उनीहरुलाई तपाईं साथमा होस् भन्ने चाहन्छन् । यसबाट यो थाहा हुन्छ कि पुरुषहरु आफ्नो महिलासँग धेरै समय बिताउन चाहन्छन् ।

४)मधुर आवाजः मधुरो बोलीको सबैले प्रशंसा गर्दछन् । पुरुषहरुलाई महिलाको सुरिलो आवाज मनपर्छ । यदि तपाईंको बोली मधुरो छैन भने पनि तपाईंले यसको लागि केहि कोसिस पक्कै गर्नुपर्ने हुन्छ जुन तपाईंको पुरुष तपाईंबाट चाहन्छन् तर कहिले पनि व्यक्ति गर्दैनन् ।

५) प्रोत्साहनः पुरुषहरुलाई प्रोत्साहनको जरुरी हुन्छ । आफूले माया गर्ने व्यक्तिलाई आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरुको भित्रि इच्छा हुन्छ । यसका साथसाथै उनीप्रति तपाईंको विश्वास निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंको साथले उनीहरुको इच्छाशक्तिलाई परिवर्तन गरिदिने गर्दछ ।

६) कदरः पुरुषहरु कदर गरेको मनपराउँछन् । यसका लागि तपाईंले त्यस्तो ठूलो केहि पनि गर्नुपर्दैन, मात्र धन्यवाद काफी हुन्छ । यदि उनले तपाईंलाई डिनरमा लिएर जाँदै हुनुहुन्छ अथवा तपाईंको केहि सामानमाथि हेरविचार गरिदिएकोमा धन्यवाद भन्नुहोस् । यसबाट उनलाई थाहा हुन्छ कि उनले जे गरिरहेका छन् तपाईंलाई त्यसले सकारात्मक प्रभाव पारिरहेको छ जसबाट उनीहरु पनि निकै खुसी हुने गर्दछन् ।

७) स्वतन्त्रताः पुरुषहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो हुने गर्दछ तर यसको मतलब उनीहरुलाई तपाईंले एक्लै छोडिदिने भन्ने होइन । उनीहरुलाई आफ्नो काम आफैँ गर्न मनपर्छ, यसमा तपाईंहरुले गल्ती नऔँल्याउँदा ने वेश हुन्छ । उनीहरुलाई आफ्नो साथीहरुसँग समय बिताउन दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित