प्रधानमन्त्री : संविधान संसोधनका लागि काँग्रेसलाई मत

२२ कात्तिक, काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसीको पक्षमा संविधान संशोधन गराउन अगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

deubaनेपाली कांग्रेस धनुषाले आज जनकपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेस मधेसी जनताको पक्षमा संविधान संशोधन गराउन कटिवद्ध रहेको तर यसका लागि कांग्रेसलाई दुई तिहाई बहुमत चाहिने बताए ।

देउवाले संविधानमा कमी कमजोरी रहेको स्वीकार गर्दे समस्याहरुको समाधान संविधान संशोधनबाट मात्र सम्भव रहेको उल्लेख गरे । जनकपुरलाई धार्मिक तथा सांस्कृतिक धरोहरको संज्ञा दिंदै उनले नेपाल र भारतबीचको सम्बन्धलाई जनकपुरले अझ प्रगाढ बनाएको बताए । त्यस्तै उनले दुई नंवर प्रदेशमा बिश्वबिद्यालय स्थापना कार्यलाई पनि अघि बढाउने धारणा राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा उम्मेदवार विमलेन्द्र निधिले एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनलाई लोकतन्त्रमाथिको षड्यन्त्रको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित