उद्योगपति विनोद चौधरीको प्रधानमन्त्रीप्रति कृतज्ञता

Binod-Chaudhary-1024x566काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पत्रमार्फत् दर्शाएको सद्भावप्रति उद्योगपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले कृतज्ञता व्यक्त गरेका छन् । 

उनले विज्ञप्ती जारी गरी भनेका छन्, “यसबाट मलाई नेपालको नया“ उचाईको आर्थिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्न हौसला मिलेको छ, यो हौसला एवम् सद्भाव व्यक्तिगत रुपमा मात्रै नभई उद्यम, व्यवसायको माध्यमद्वारा राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याइरहनु भएका सम्पूर्णप्रति समर्पित छ ।” 

उनका अनुसार आर्थिक विकासका लागि राजनीति एवं शासन प्रणालीको केन्द्रमा आर्थिक एजेण्डालाई राखिनुपर्छ । विगतमा चालिएका सुधारको परिणामस्वरुप उच्च आर्थिक बृद्धिदर, निर्यात व्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धी हासिल भएको छ । 

आर्थिक विकासको इन्जिन निजी क्षेत्र रहेको उनको बुझाइ छ । यस सोंचलाई व्यवहारमा कार्यान्वयन गर्न आफुले सक्दो योगदान पु¥याउने जनाए ।

उनले नेपाली नागरिक, समाज र समग्र राष्ट्रको सन्तुलित विकासका लागि सामाजिक समन्वय र सहभागिता विना सवल अर्थतन्त्रको निर्माण नहुने जनाएका छन् । 

“आफ्नो जीवनकालमा समृद्ध नेपाल देख्ने मेरो सपना हो,” विज्ञप्तीमा उल्लेख छ । यसलाई सबैले साझा एजेण्डा बनाउनुपर्ने उनले जोड दिए । सपना साकार पार्न आफ्नो तर्फबाट कुनै पनि कसर बा“की नराख्ने उनले प्रतिबद्धता जनाएका छन् ।

चौधरीलाई नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको छ । यसअघि नेकपा एमालेका सांसद् समेत रहेका चौधरी अहिले कांग्रेसको समानुपातिक सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि