दुनियाँकै महँगो रक्सी, एक बोतलको मूल्य ४० करोड

billionarevidka_7116-570x570यो संसारका अधिकांश मानिसले रक्सी पिउँछन् । के तपाईंले कहिल्यै जान्न खोज्नुभएको छ, दुनियाँको सबैभन्दा महँगो रक्सीको मूल्य कति होला ? अब तपाईंले दुनियाँको सबैभन्दा महँगो रक्सी कुन हो ? यसको मूल्य कति पर्छ ? र, यसको विशेषता के छ ? भन्ने कुरा थाहा पाउनुहुनेछ ।

बिलेनियर भोडका नामक मदिरा नै विश्वको सबैभन्दा महँगो रक्सी हो । यसको नामले नै बताउँछ कि यो अर्बपतिले पिउने भोड्का हो ।

यो भोड्काको एक बोतलको मूल्य झण्डै ४० करोड रुपैयाँ पर्छ । यो रक्सीभन्दा यसको बोतल कैयन् गुणा महँगो छ । बोतलकै कारण यो रक्सीको भाउ यति चर्को भएको हुनुपर्दछ । यो भोड्काको बोतलमा ३ हजार टुक्रा हीरा जडान गरिएको छ ।

यो भोड्का स्वादमा पनि अरु सामान्य भोड्काभन्दा फरक छ । यसको एक बोतलमा ५ लिटर भोड्का छ । यो रसियन भोड्का गहुँ तथा शुद्ध पानीबाट बनाइएको हो ।

डिजाइनर लियोन भेरेसले यो भोड्काको बोतलको डिजाइन गरेका हुन् । उनै डिजाइनरले यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन पनि डिजाइन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली