काठमाडौं, ९ कात्तिक । गिनिज बुक अफ वल्र्ड रेकर्डमा सशस्त्र प्रहरी जवान दिनेश सुनारले नाम लेखाएका छन् । भित्तामा एक मिनेटमा १८ पटक उल्टो फ्लिप गर्न सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम प्रकाशन गरेको हो । अहिलेसम्म १ मिनेटमा १५ पटकसम्मको रेकर्ड उनले तोडेका हुन् । ‘मिहेनत खेर गएन, यो सफलता मसँगै नेपालको, सशस्त्र प्रहरी र मलाई साथ दिने सवैको हो ।’
उनी केही दिनपछि अमेरिका जाँदैछन् । वल्र्ड फ्रिरनिङ पार्कर फेडेरेशनले तालिमका लागि उनलाई बोलाएको छ । पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश सुनारले गाउँमा उफ्रिएर, उल्टिएर जीवनको यो यात्रा सुरू गरेका थिए । सशस्त्र प्रहरीका तत्कालिन प्रमूख सनत बस्नेतले उठाएर हलचोकमा ल्याएका थिए ।
सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ ।
नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् ।
‘यो निक्कै खुशीको अवसर बनेको छ मेरो लागि । वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि तयार पार्ने पनि प्रस्ताव गरिएको छ’, दिनेश भन्छन्,‘गिनिज बुकमा नाम आएपछि मलाई डबल खुसी मिलेको छ ।’ उनलाई १० सेप्टेम्बरमा अमेरिकाको निम्तो आयो । निम्तो आउनासाथ उनको ५ वर्षका लागि अमेरिकाको भिषा पनि लागि सकेको छ । तीन महिनासम्म खान बस्न र तालिम निशुल्क दिने फेडेरशनको प्रस्ताव छ ।
हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि पार्कर गर्न सफल भएका दिनेशका भिडियो युट्युवमा पनि चर्चामा छन् ।
‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका हुन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन