काठमाडौँ, ९ कात्तिक । कांग्रेसका रुद्रबहादुर खडका र एमालेका पर्वत गुरुङ एउटै गाउँपालिकाका बासिन्दा हुन् । उनीहरू आसन्न प्रतिनिधिसभा चुनावका लागि दुई फरक पार्टीबाट आम्नेसाम्ने भएका छन् । कांग्रेस अगुवा जिपछिरिङ लामाले इच्छा नदेखाएपछि खडकाले मौका पाउनु र निकै घम्साघम्सीपछि एमालेका गुरुङले टिकट पाउनुलाई ‘भाग्यको संयोग’ ठान्नेहरू पनि प्रशस्तै छन् । यी दुईबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने मतदाताबीच चर्चा छ ।
गौरीशंकर गाउँपालिकाअन्तर्गत झ्याँकुमा जन्मिएका खडका र त्यसैको साँधसीमा सुरीका गुरुङ सफल व्यापारी पनि हुन् । प्रजातन्त्र प्राप्तिपछि स्थानीय निर्वाचन हुँदा देशकै कान्छा सभापति हुने अवसर सदुपयोग गरेर ‘हैसियत’ बनाएका खडकाको दशक लामो अमेरिका बसाइको मुद्दा भने बेलाबेला कमजोरीका रूपमा उठ्ने गर्छ । उनले सुरुवातमा सामान्य स्तरको होटल व्यवसायबाट ठूलो उद्यममा हात हालेका हुन् ।
एक पटक कारोबारमा सँगै जोडिएका गुरुङसँग उनको राम्रै सम्बन्ध छ । व्यापारव्यवसायको सम्बन्ध भने उहिल्यै टुटेको खडकाको दाबी छ । ‘खडकाको कांग्रेसभित्र गहिरो आलोचना हुने गरेको विषय नै एमाले नेतासँग व्यापारमा हातेमालो गरेकोमा हो,’ जिल्ला तहका एक कांग्रेस नेताले भने । पार्टी जिल्ला सभापतिमा उठदा प्रतिस्पर्धीले विपक्षी दलसँग उनको नरमपना, व्यक्तिगत मामिलाको सहकार्य र विदेश पलायनको मुद्दा चर्कोसँग उठाएका थिए । ती सबै कारण पहिलो प्रयासमा पार्टी जिल्ला सभापतिमा हार व्यहोरेका खडका दोस्रोपटक जितको खुडकिलो पार गर्दै सहकार्यको राजनीतिलाई अँगालेर अघि बढेका छन् । जिल्लाको विकासमा एकजुट हुनुपर्ने सन्देश उनले पटकपटक दोहोर्याउने विषय हो ।
वामपन्थी गठबन्धन बन्ने भएकाले जिपछिरिङले प्रतिनिधिसभाको टिकट लिइदिए कांग्रेस चुनावी मैदानमा दह्रोसँग उभिन सक्ने कार्यकर्ताको विश्लेषण थियो । व्यापक दबाबका बाबजुद २०७० को प्रतिनिधिसभामा हार व्यहोरेका जिपछिरिङले चुनावमा उठ्न अस्वीकार गरेपछि खडकाले अवसर पाएका हुन् ।
जडीबुटी व्यवसायबाट लघुउद्यम हुँदै परिवारका सदस्यको सहयोगमा अन्तर्राष्ट्रिय स्तरसम्म व्यापार बढाएका एमाले उम्मेदवार गुरुङ उद्यम र राजनीति दुवैमा सफल मानिन्छन् । उनी राजनीति र उद्यमशीलतालाई साथै लैजान २०५१ सालदेखि क्रियाशील भएको बताउँछन् । २०४८ देखि पार्टी जिल्ला कमिटीमा प्रवेश गरेका गुरुङ ०६६ मा अध्यक्षको जिम्मेवारीमा पुगे । निकै कष्टपूर्वक जित निकालेका उनले पार्टीलाई नयाँ ढाँचामा उठाएपछि ०७० को निर्वाचनमा क्षेत्र १ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाउन त्यति कष्ट गर्नु परेन ।
सजिलै टिकट पाएको तर कठिन मिहिनेतपछि निर्वाचन जितेकाले एमालेको नवौं महाधिवेशनबाट उनलाई केन्द्रीय सदस्य हुनसमेत सघाउ पुग्यो । जिल्लाबाट सिफारिस भएका पार्टी पोलिटब्युरो सदस्य र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलसँग रस्साकस्सी गर्दै प्रतिनिधिसभा सदस्यको टिकट हात पार्नु उनका लागि चानचुने चुनौती थिएन । केहीले जनजाति भएर पनि उनीहरूलाई माथि उठ्न नदिएको आरोप गुरुङमाथि लगाउँदै आएका छन् । तर, जिल्लाको पार्टी इन्चार्ज भएकाले पछिल्लो समय गुटगत स्वार्थबाट माथि उठेर केही अवसर बाँडफाँट गरेको जससमेत उनलाई जाने गरेको छ । कान्तिपुरमा खबर छ ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा