सोनल: राजपा–फोरम गठबन्धनले बहुमत ल्याउँछ

371569103jitendra-sonalकाठमाडौं । राजपा नेपालका महासचिव जितेन्द्र सोनलले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राजपा र फोरमको संयुक्त गठबन्धनले झापादेखि कञ्चनपुरसम्म बहुमत ल्याउने दाबी गरेका छन् । 

उनले भने,‘२ नम्बर प्रदेशमा त राजपा र फोरमको सरकार बन्छ, म ठोकुवा गरेर भन्न सक्छु हामी बहुमत ल्याउँछौं ।’

बोल्दै नेता सोनलले भने,‘२ नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार बन्छ, त्यही धरातल टेकेर अगाडि बढ्छौं, १, ५ र ७ नम्बर प्रदेशमा पनि हामी बिना राजनीति अगाडि बढ्न सक्दैन्, त्यसैले हामी चुनाव जित्छौं।’

उनले आफूहरु संविधान संशोधन र समग्र मधेशको विकासका एजेण्डा लिएर चुनावमा जाने स्पष्ट पारे । उनले थपे,‘२ नम्बर प्रदेश लगायत समग्र मधेशमा फोरम र राजपावीच बराबरीको हैसियतमा सिट बाँडफाँड गर्ने सहमति भैसकेको छ, यही अनुसार हामी अघि बढ्छौं।’

उनले संविधान संशोधनको पक्षमा उभिने अन्य शक्तिहरुसँगपनि आफूहरुको चुनावी तालमेल हुन सक्ने विश्वास दिलाए । उनले थपे,‘ग्राउण्ड रियालिटी हेरेर चुनावी सिट संख्याको टुँगो लगाउनुपर्छ, २ नम्बर प्रदेशमा राजपा र फोरमवीचको गठबन्धनलाई कांग्रेस लचक हुनुपर्छ, अरु प्रदेशमा हामी लचक हुन्छौं।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाँस्न र रुने काम एकैचोटी गरेको भन्दै नेता सोनलले व्यंग्य गरे । उनले भने,‘प्रचण्डजीले कांग्रेससँग सरकारमा पनि रहने र विपक्षी एमालेसँगपनि तालमेल गर्ने काम गर्नुभयो, यो कुन नैतिकता र राजनीीतक सिद्धान्तभित्र पर्छ मलाई प्रश्न गर्न मल लागेको छ।’

त्यस्तै उनले कम्युनिज्मको नाममा अहिले जनतालाई भ्रम छर्ने काम भैरहेको समेत उनले आरोप लगाए । उनले भने,‘चुनाव सार्न लागिएकोले हामी सरकारबाट बाहिरिन नचाहेको भनेर माओवादी केन्द्रका मन्त्री साथीहरुले अभिव्यक्ति दिनुभयो यो नाटक हो।’ उनले अब चुनाव कसैले रोकेर पनि नरोकिने र चुनाव जनताको माँग भएको जिकिर गरे। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना