३१ असोज, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन ।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे ।
ओलीले अवको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए । कम्युनिष्टको जित हुन्छ भनेर नै प्रतिकृयावादी एक हुन थालेको भन्दै उनले प्रतिकृयावादीहरु एक भएपनि बामपन्थी एकतामा कुनै असर नहुने बताए । गठबन्धन र एकतालाई सवैले इमान्दार भएर सफल बनाउनुको विकल्प नभएको ओलीको भनाई छ ।
कार्यक्रममा एमाले नेता माधव कुमार नेपालले नोपली कांग्रेस संविधान कार्यन्वयनप्रति गम्भिर नभएको बताए । नेता नेपालले अवश्यक्ता र पार्टी हितमै माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको भन्दै मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनलाई जिताउँन आग्रह गरे । कार्यक्रममा कांग्रेस तनहूँका नेता माधव पन्त लगायत काठमाडौका केही खेलाडीहरु एमाले प्रवेश गरेका थिए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि