३१ असोज, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्ज, कपनमार्गमा निधन भएको हो ।
रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो सयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए । उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिने राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
स्व आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन । उनको आजै आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै उनको परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का