२८ असोज, काठमाडौं : नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सपथको समय तोकेकी हुन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजेका लागि तोकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राप्रपाका ८ नेतालाई मन्त्री नियुक्त गरेका थिए ।
राप्रपाबाट अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएका छन् भने जयन्त चन्द, विक्रम थापा र दिलनाथ गिरीलाई विना विभागीय मन्त्री बनाइएको छ ।
यस्तै कुन्ती शाही, सुशील श्रेष्ठ, कान्ता भट्टराइ र भास्कर भद्रालाई राज्य मन्त्री बनाइएको छ । उनीहरुलाई पनि विभाग तोकिएको छैन ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न