२७ असोज, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै ओलीले भारतको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् ।
सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमणविरुद्ध लडेका देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको र पछिल्लो समयमा उनीमाथि भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएको सन्दर्भमा ओलीले भारत व्यवहार असल छिमेकीको जस्तो नभएको बताए ।
उनले भने, ‘असल छिमेकीले दुःख कष्ट दिदैन, बरु आपत विपतमा सघाउँछ । तर भारतीय पक्षबाट असल छिमेकीको व्यवहार अझै पाउन सकेनौं । देवनारायण यादमाथिको व्यवहारले हामीलाई खिन्न बनाएको छ ।’
ओलीले मधेसवादी भनिएका दलले नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोप लगाए ।
कार्यक्रममा मधेस समता पार्टीका अध्यक्ष तथा सांसद मेघराज नेपाली निषाध पनि एमाले प्रवेश गरेका छन् । निषाधले अब मधेस समता पार्टी एमालेमा विलय भएको बताए ।
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता