२४ असोज, क्यालिफोर्निया, अमेरिका । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् ।

ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वल्र्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधामा स्वर्ण पदक जितेका छन् ।
त्यस्तै भ्यानडम शैलीमा विश्व च्याम्पियन वेल्र्ड र सर्टिफिकेटद्वारा कुरो बुशी विश्व च्याम्पियन खेलमा उनी नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।
करातेमा उनले आफ्नो पाँच किसिमको पृथक् विशेष आविष्कार गरेका थिए जसमा फाङ् काटा(अन्तरराष्ट्रिय अमेरिकन किक ) मा अन्तरराष्ट्रिय खेलमा स्वर्ण कप हात पारेका थिए । सोही खेलमा फाँग खुकुरी काटामा रजत पदक हात पारेका उनले अर्को आविष्कार फाङ ब्रेकिङमा विश्व वेल्र्ड उपाधि प्राप्त गरेका थिए । रासस
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली