डाक्टरहरुलाई स्वास्थ्यमन्त्रीको आग्रह- आन्दोलन फिर्ता लिएर वार्तामा आउनुस्

१३ असोज, महोत्तरी । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत चिकित्सकका माग पूरा गर्न सरकार तयार रहेकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्

महोत्तरीको बर्दिवासमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दशैं जस्तो महत्वपूर्ण चाडमा नागरिकका लागि स्वास्थ्य सेवा अतिआवश्यक रहेको भन्दै चिकित्सकका माग पूरा गर्न आफू र सरकार प्रतिवद्ध रहेको बताए ।

बिहीबार गृहनगर बर्दिवास आएका मन्त्री पोखरेलले आन्दोलनको कार्यक्रम फिर्ता लिएर वार्ता र संवादमा आउन आह्वान गरे ।

स्वास्थ्य सेवा अवरुद्ध भइरहँदा आफूलाई निकै दुःख लागेको भन्दै उनले बन्द र अवरोध गर्नु ठीक नभएको बताए । मन्त्रिपरिषदको निर्णय र चिकित्सक संघ दुवैलाई सम्बोधन हुनेगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ र त्यसको आधारमा बनेको २०६९ को नियमावली परिस्कृत गर्न सरकार तयार रहेको उनले जानकारी गराए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरु माथीको आक्रमणको घटनाले मनोबल घटाउने काम भैरहेकाले सरकार सुरक्षा प्रदान गर्न तयार रहेको उनले स्पष्ट पारे ।

सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना दिँदै उनले स्वास्थ्यको दृष्टिकोणले खानपिनमा विशेष ध्यान दिन समेत सुझाव

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको