डा. अयोधिप्रसाद यादव : निर्वाचन आचारसंहिता उल्लंघनबारे प्रधानमन्त्रीसँग छलफल गर्छु

 

काठमाडौं, १२ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेकोबारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने स्पष्ट पारेका छन् ।

विहीबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताए । उनले भने, ‘कानून सबैले मान्नुपर्छ, प्रभावकारी रुपमा कानुन मान्नुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’

स्थानीय तहको निर्वाचनमा सरकारबाटै आचारसंहिता उल्लंघन भएको उनको गुनासो थियो । ‘सरकारले आचारसंहिता उल्लंघन गरेको कुरा जनताले र मिडियाले पनि हेरिरहेकाले अब आयोगले बोलाएर स्पष्टिकरण सोध्ने उनको भनाई थियो ।

सरकारबाट आचारसंहिता पालनाबारे जे–जे भए ती दुःखद् घट्ना भएको भन्दै उनले अब ढुक्कसँग निर्वाचन गर्न दिनुपर्ने बताए । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि चाहिने आवश्यक कानून तथा ऐनहरु आयोगले पाईसकेको समेत उनले जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग पु¥याउने सबै राजनीतिक दल, उम्मेद्वार र जनतालाई उनले विशेष धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको