मासुका परिकार खाँदा केमा ध्यान दिने ?

नेपालीहरूको ठूलो चाड दसैं सुरु भइसकेको छ । चाडबाडको समय मानिसहरू घरमा बसीबसी मिठामिठा खानेकुरा खाने र रमाइलो गर्ने गर्छन् । यस्ता चाडमा मासु पनि अत्यधिक खाइने परिकारमा पर्छ । धेरै मासु खाँदा कतिपय मानिस विभिन्न स्वास्थ्य समस्याबाट पीडित बन्ने गरेका छन् । तर, के कारणले समस्या आइलाग्यो भनेर ख्याल गर्दैनन् । 

1110846263Motton-s

हामीले विभिन्न चिकित्सकको सल्लाह समेटेर चाडबाडमा कस्तो मासु खाने, कसरी खाने, कति खाने, धेरै भए के असर पर्छ भन्ने विषयमा कुरा गरेका छौं ।
दसैंको रौनक घरसम्मै आइपुगेको छ । मानिसहरू बाहिरबाट दसैंका लागि घर जाने क्रम पनि बढिरहेको देख्न सकिन्छ । रातो टीका र जमराको पर्वको रूपमा चिनिने दसैंमा खानपानको पनि उत्तिकै महत्व छ । 
दसैं भन्नेबित्तिकै मासुको कुरा आइहाल्छ । दसैंमा पेटभरि मासु नखाए कहिले खाने ? भन्नेहरू पनि भेटिन्छन् । त्यसैले दसैं या अन्य चाडबाडमा मासु र अरू खानेकुराको मात्रा नमिल्दा स्वस्थ मानिस पनि बिरामी हुने गर्छन् ।
भेटघाट, रमाइलो भन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य ध्यान नदिँदा धेरै जना दसैंका समयमा अस्पतालमा पुग्ने गर्छन् ।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।
एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् ।

रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । दसैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाको मासुले बरु त्यति असर गर्दैन ।
क्यान्सरका बिरामीले खसीको मासु एकै पटक धेरै खानु हुँदैन । साधारण तरिकाले पकाएको थोरै मासु मात्र प्रयोग गर्नुपर्छ । पोलेको, डढेको वा धेरै भुटेको मासु खाँदै नखाए स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

दसैंमा खानैपर्छ भनेर खसीको मासु एकै पटक धेरै खानु पनि राम्रो मानिँदैन । एक छाकमा तीन–चार टुक्रा खाने, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानीलाई प्राथमिकता दिने, हरियो तरकारीलाई पनि खानामा समावेश गर्ने र मासुको मात्र भर पर्नु हुँदैन ।
अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने भएकाले मासु खाँदा ध्यान दिन आवश्यक छ । 

दसैंमा दीर्घ रोगीले त अझ सचेतता अपनाउनुपर्छ । मासु किन्दा ताजा, सफा किन्ने, धेरै दिनसम्म राखिएको बासी मासु नखाने गर्दा स्वास्थ्यमा त्यति समस्या आउँदैन ।

आजकाल बजारमा किरा परेको मासु, खान योग्य नभएको मासुुको बिगबिगी बढेको छ । त्यस्तो मासुले पोषणभन्दा पनि रोगलाई बढाउने गर्छ । मासु पकाउँदा धरै तेल र मसला प्रयोग गर्नु हुन्न । अन्यथा अपच हुने, वान्ता हुने र धेरै बासी मासुले आउँ–हैजा जस्ता समस्या निम्त्याउने गर्छ ।

मासु पकाएर धेरै समय फ्रिजमा राख्दा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ । राख्ने उचित वातावरण नमिल्दा पनि कतिपय अवस्थामा मासु खानयोग्य नहुने चिकित्सकको भनाइ छ । 
त्यसैले चाडबाडका नामका धेरै मासु खाने वा स्वादका लागि अत्यधिक मरमसला र तेल हाल्ने गर्नु हुँदैन । मासु मात्रै खाने बानीमा सुधार गरी सागपात, टुसा उमारेको गेडागुडी, सलाद र पर्याप्त पानी पिउने हो भने रमाइलो वातावरणमा स्वस्थ भई दसैंमा रमाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि