September 27, 2017

ऊर्जामन्त्री : बुढीगण्डकीको काम रोकिँदैन

११ असोज, काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजनाको काम नरोकिने स्पष्ट पारेका छन् । संसदीय समितिले बुढीगण्डकी जलविद्युत परियोजनाको काम रोक्न निर्देशन दिएकाबेला ऊर्जामन्त्री शाहीले काम नरोकिने स्पष्ट पारेका हुन् ।th (1)

बुढीगण्डकी निर्माणको जिम्मा चीनको गेजुवा कम्पनिलाई दिँदा भ्रष्टाचार भएको भन्दै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको आलोचना भइरहेको छ । यसविरुद्ध सर्वोच्चमा मुद्दा समेत परेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले गेजुवालाई बुढीगण्डकीको जिम्मा दिने निर्णय गराएका थिए । शर्मा गृहमन्त्री बनेपछि ऊर्जामन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका नेता शाहीले संसदीय समितिले हतार गरेर रोक्न निर्देशन दिने निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले भने, ‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।’

पूर्व ऊर्जामन्त्री जनार्दन शर्माका विश्वासपात्र मानिने शाहीले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो पनि पोखे । उनले थपे, ‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएको छैन ।’

मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गरे । उनले थपे, ‘समितिले कुनैपनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो नि ।’ यद्यपी उनले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताए ।

उनले गेजुवाको विवादको बारेमा आएका टिप्पणीप्रति धारणा राख्दै भने, ‘गेजुवा पूँजी नभएको कम्पनी होइन, काम नै गर्न सक्दैन भन्नु पनि गलत हुन्छ, हो तर हामीसँग भएका सम्झौताअनुसार काम भयो कि भएन ? यो विषयमा ध्यान दिन जरुरी छ, उसले भएको सम्झौताअनुसार पालना गरेको कि गरेन, त्यसबारेमा क्रसचेक गर्न सकिन्छ, यदि गलत गरेको छ भने त्यही अनुसार निर्णय लिनुपर्छ ।’

शाहीले आफूलाई ६ महिनामात्रै निर्वाध रुपमा काम गर्न दिए विद्युत प्राधिकरणलाई नाफामा ल्याउने दाबी गरे । प्राधिकरण अहिले सबैको लागि कमाई खाने भाँडो भएको उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको