September 26, 2017

राजपा नेताहरु को कहाँबाट लड्दै ?

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल जनकपुर उपमहानगरपालिकामा भारी मतले विजय गरेपछि सो पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सोही क्षेत्रबाट संसदको चुनाव लड्ने भएका छन् । उनी नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री तथा काँग्र्रेसका नेता विमलेन्द्र निधिको साथमा चुनाव लड्ने भएका हुन् ।

राजपा नेपालको तर्फबाट लालकिशोर साह जितेको जनकपुर उपमहानगरपालिका तीनवटा क्षेत्रमा बाँडिएका छन् । केही भाग तीन नम्बरमा गएका छन् भने केही भाग दुई र चार पनि गएका छन् । त्यसमध्ये अध्यक्ष मण्डलका सदस्य महतोले निर्वाचन क्षेत्र नम्बर तीनबाट लड्ने सोच बनाएको स्रोतहरु बताउँछन् । यो क्षेत्रबाट काँग्रेसका नेता निधिले चुनाव जित्दै आएका छन् ।

राजपा नेपालका एक नेताले भने– तीन नम्बर क्षेत्रमा विमलेन्द्र निधिलाई टक्कर दिने खालका कोही नेता नभएको कारण राजेन्द्र महतोलाई ल्याएर चुनाव लडाउने तयारी भइरहेको छ । तीन नम्बरमा जनकपुरका केही भाग मिसिएका छन् । साहु माहाजनको बर्चस्व रहेको ठाउँमा त्यसकै मत तान्नका लागि अध्यक्ष महतोलाई त्यहाँबाट उठाउन खोजेको बताइन्छ ।

यसअघि साहु महाजनको मत लिएर सञ्जय साह (टकला) क्षेत्र नं. ४ बाट जित्दै आएका थिए । अब त्यही क्षेत्रबाट महतो लड्ने सोंच बनाएका छन् । 
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सर्लाहीका हुन् । सर्लाहीमा तीनजना नेता रहेका छन् । यसअघि महेन्द्रराय यादव र राजेन्द्र महतो एउटै क्षेत्रबाट चुनाव लडेका थिए, जहाँ राजेन्द्र महतो पराजित भएका थिए । अब फेरि पनि दुई जना यसरी नजुधुन् भन्ने उद्देश्यले पनि महतोलाई जनकपुर सार्न लागेको स्रोतको दावी छ ।

महेन्द्र राय यादवलाई सर्लाहीबाट लडाउने राजपाको तयारी छ । महन्थ ठाकुरलाई यसपटक चुनाव नलडाउने र उनलाई समानुपातिकमा राख्ने राजपाको तयारी रहेको छ । शरतसिंह भण्डारी महोत्तरीबाट, राजकिशोर यादव सिरहाबाट, अनिल झा रौतहटबाट चुनाव लड्ने राजपा नेपाल स्रोतले जनाएको छ ।

राजपा नेपाल धनुषा संयोजक संजय सिंहले भने– अध्यक्षमाण्डलका सदस्य राजेन्द्र महतो जनकपुरबाट चुनाव लडदिनुभयो भने हाम्रो लागि सौभाग्य हुनेछ ।’
‘मधेश प्रदेशको राजधानी बन्न लागेको जनकपुरबाट राजपा नेपालका एकजना अध्यक्ष मण्डल चुनाव लड्दा राम्रो हुने कुरा जनमानसबाट नै आएको हो,’ उनले भने, ‘हामीले केन्द्रीय स्तरमा यस विषयमा कुरा गरेको छैन, अब औपचारिक रुपमा आग्रह नै गर्छौं ।’

यस विषयमा अध्यक्ष महतोसँग पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको