माओवादी यसकारण तालमेलमा नअलमलिने

काठमाडौँ, १० असोज ।  माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ ।maoist-kendra_xjMcY1zS3c

कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही-कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ ।

‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल (बलदेव) ले अन्नपूर्णसँग भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुन सक्छ । हामी अहिल्यै तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दै छौं ।’

माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् ।

एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस-माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले गर्नुपर्ने मत बलियो रूपमा उठेपछि त्यस्तो गठबन्धन प्रयासका विषयमा एमाले-माओवादी दुवै पार्टीभित्र बहस सुरु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको