ओली : दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन्

४ असोज, चितवन : प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

 

kp-oli

बुधबार नवलपरासीको गैंडाकोटमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले अदालतले स्वतन्त्र भूमिका र गरिमा गुमाएको टिप्पणी गरे । ‘अदालत अदालत जस्तो होस्, निष्पक्ष होस्, स्वाधिनता र मर्यादित होस्’ कठै अदालत भन्दै उनले भने, ‘म भन्न चाहान्छु दूर्गा भवानीले अदालतको स्वाधिनताको रक्षा गरुन् ।

उनले संवैधानिक अंगहरुको भूमिका निष्पक्ष रहन नसकेको गुनासो गरे । माओवादीप्रति टिप्पणी गर्दै ओलीले भने, ‘माओवादी तितेपाती हो, एमाले पिपल हो । तितेपाती ३ महिनामा नै हर्लक्क बढ्छ । ४ महिना मर्छ, पिपलको ३ महिनामा २ वटा पात पलाउँछ तर, दीर्घजीवन बाँच्छ भरपर्दो र पाको हुन्छ ।’

कांग्रेस खानका लागि जन्मिएको उनको टिप्पणी छ । उनले भने, ‘कांग्रेस सकिसक्यो, त्यसमा कुनै जीवन छैन र सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो । अब त्यसका पछि लागेर देश बन्दैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले काण्डैकाण्ड मच्चाएको उनको भनाइ छ । ओलीले प्रश्न गरे, ‘चार पटकसम्म किन प्रधानमन्त्री भएको ? मलाई त लाग्दैन गतिलो मान्छे चार पटकसम्म प्रधानमन्त्री हुन्छ ।

एमाले राष्ट्रवादी शक्ति भएको र आफ्नो पार्टीबिरुद्ध ठूलो घेरावन्दी भइरहेको अध्यक्ष ओलीको भनाइ छ । जनताको साथ रहे त्यसको केही अर्थ नहुने भन्दै उनले भने, ‘माकुराको जालोमा झिंगा पर्दछ, भैंसी पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न