भाद्र २, काठमाडौं– मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गरेकाे छ ।सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा खड्का भ्रष्टचारमा मुछिएका थिए । आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए । सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले काममा असहयाेग गर्ने र गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई पदमुक्त गरिएको बताए ।
उनले भने, ‘आपूर्ती मन्त्रीज्यूले गुटबन्दी गर्ने र असहयोग भयो भन्ने प्रस्ताव ल्याउनु भएको छ । अनियमितता भएको बारेमा जानकार हुनुहुन्छ त्यो विषयको पनि कुरा उठान भएको छ ।’ खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन संसद्को विभिन्न समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र