भाद्र २, काठमाडौं– मन्त्रिपरिषद बैठकले खड्कालाई बर्खास्त गरेकाे छ ।सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा खड्का भ्रष्टचारमा मुछिएका थिए । आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने ठाडाे प्रस्ताव क्याबिनेटमा लगेका थिए । सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले काममा असहयाेग गर्ने र गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई पदमुक्त गरिएको बताए ।
उनले भने, ‘आपूर्ती मन्त्रीज्यूले गुटबन्दी गर्ने र असहयोग भयो भन्ने प्रस्ताव ल्याउनु भएको छ । अनियमितता भएको बारेमा जानकार हुनुहुन्छ त्यो विषयको पनि कुरा उठान भएको छ ।’ खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन संसद्को विभिन्न समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित