नुवाकोट बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या छ पुग्यो

नुवाकोट – काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । 

त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौं स्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ । 

दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो । 

बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुईतले घर पूर्णरुपमा क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना