राजपाले उम्मेदवार टुंगो लगायो

२० भदौ, गौशाला – निकै रस्साकस्सी पश्चात् राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले आसन्न स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाउन सफल भएको छ ।

Rajapa-meeting11सो पार्टीका नेता सुदीप झाका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुखमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको छ ।

त्यस्तै, बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको जनाइएको छ ।

यसैगरी, सो पार्टीले जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरेको नेता झाले बताए ।

राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली काँग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेकाले बर्दिबासको उम्मेदवार अहिलेसम्म टुंगो लगाउन नसकिएको नेता झाले थपे ।

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख/अध्यक्षको नाम टुंगो लगाएको छ भने उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम आज टुंगो लगाउने योजना रहेको नेता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि