माथिल्लो मनाङको स्वर्गद्वारीमा १३ यात्रु सवार जीप दुर्घटना

लमजुङ-  मनाङको नेस्याङ गाउँपालिका वडा नं १ स्थित स्वर्गद्वारीमा मगंलबार जीप दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।Manang_v1ecdEhcAD_aU4mYf7NhN

मृत्यु हुनेमा नेस्याङ–३ ङावलकी निमा हुमा लामा भएको जिल्ला प्रहरी कार्यालय मनाङ प्रहरी नायव अपरिक्षक विरवहादुर पुलामीले बताए ।

नासोङ गाउँपालिका–३ धारापानीबाट माथिल्लो मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा चालक सहित १३ यात्रु रहेका थिए । जिप सडकबाट एकसय मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेको बताइएको छ । के कारणले दुर्घटना भएको भन्ने विवरण आइ नसकेको पुलामीले बताए । 

घटनास्थलमा पुग्न सदरमुकाम चामेबाट १ घण्टा ३० मिनेट लाग्छ । सदरमुकाम चामेवाट घटनास्थल जिकटमा भएका कारण यात्रुलाई उद्धार गर्ने कठिनाई भएको मनाङ प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको