५४ जना मालपोतका कर्मचारी भ्रष्टाचार गरेकाे ठहर,

 Special-Court-768x440

 

१४ भदौ, काठमाडौं । चाबहिल मालपोत कार्यालयका १० कर्मचारीसहित ५४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो ।

को-कोविरुद्ध दर्ता भयो मुद्दा ?

उपत्यकाका साविकका गोठाटार, बालुवा, मुलपानी, विष्णु गाविस लगायतका स्थानका विभिन्न जग्गाहरूको गैरकानूनी श्रेस्ता तयार गरी  बिक्री वितरण गरिएकाे अख्तियारले जनाएको छ ।जग्गा किर्तेमा संलग्न भनिएका कर्मचारीहरूमा मालपोत अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्याल, कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल छन् । त्यस्तै, अन्य कर्मचारीहरुमा नायब सुब्बा सुन्दर कुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी तथा कम्प्युटर अपरेटर लक्ष्मण प्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे छन् ।ती कर्मचारीहरुले आपसी मिलेमतोमा गैरकानूनी ढंगले श्रेस्ता खडा गरी, कार्यालयमा रहेको दर्ता बाँकी श्रेस्ता केरमेट तथा प्रमाणित गरी, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाहरुको विवरण ठीक देखाएर किर्ते गरेको अख्तियारले जनाएको छ ।

जग्गाधनीविरूद्ध पनि मुद्दा

कार्यालय सहयोगी राजेन्द्र बस्नेतले दर्ता बाँकी जग्गाको श्रेस्तामा नाम उल्लेख भएका व्यक्तिहरुको खोजतलास गरी आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई जग्गा दर्ता गरिदिने प्रलोभनमा जग्गाधनीहरु हरिनारायण श्रेष्ठ, हरिलाल श्रेष्ठ, होम बहादुर बिष्ट, धर्म महर्जन, श्याम सुन्दर दाहाल, विश्वनाथ लामिछाने र ध्रुवराम श्रेष्ठसँग १८ लाख ८२ हजार रुपैयाँ रकम लिएको अख्तियारको ठहर छ ।जग्गा किर्तेमा संलग्त जग्गाधनीहरूमा काजिलाल श्रेष्ठ, हरिभक्त श्रेष्ठ, टिकानारायण श्रेष्ठ, मोहनमाया श्रेष्ठ, चेतबहादुर मिजार, श्रीकृष्ण नगरकोटी, पुरुषोत्तम थापा श्रेष्ठ, घनश्याम कार्की, प्रेमबहादुर कार्की, रामहरी ढकाल, रामबाबु ढकाल, रामेश्वर ढकाल, श्याम बहादुर मिजार, काजिलाल श्रेष्ठ, भरत काररञ्जित, कृष्ण प्रसाद लामिछाने र राम प्रसाद लामिछाने छन् ।त्यस्तै, उमादेवी गुरुवाचार्य, उज्जल थापा श्रेष्ठ, लिलाकुमारी रेग्मी धिताल, दुर्गालाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, श्रीधर देवकोटा, राजु थापा, शान्ति वैद्य, रामकेशरी श्रेष्ठ, मदनबहादुर थापा, बहत्तम गोपाल श्रेष्ठ, नरबहादुर दोचे, रामगोपाल डंगोल, रामकृष्ण डंगोल, धनबहादुर महर्जन, मोतिराम श्रेष्ठ, नारायणीदेवी श्रेष्ठ, गम्भिर बहादुर चांदिकार, प्रेमबहादुर केसी र सुशीला रामुदामु पनि जग्गा किर्तेमा संलग्न रहेको अख्तियारको ठहर छ ।

जग्गा धनी र मालपोत कार्यालयका कर्मचारीले जग्गा खरिद गर्ने विचौलियासँगको साँठगाँठमा किर्ते गरेको अख्तियारले जनाएको छ ।जग्गाधनीमध्येका केहीसँग मालपोत कार्यालयका कर्मचारी चिनेको र जग्गा दर्ता गराइदिने प्रलोभन देखाई रकम समेत लिई-दिई श्रेस्ता निर्माण गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली