नेसनललार्इ सम्बन्धन : यस्तोछ ‘सेटिङ’

मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्‍यो ।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले साउन १२ गते कलेजलाई सम्बन्धन दिनुको एक मुख्य आधार उक्त प्रतिवेदनलाई मानेको छ । तर, कलेजको प्रतिवेदन नै फर्जी भेटियो । 

समितिले प्रतिवेदनमा २४ किलोमिटर टाढाको जग्गालाई १० किलोमिटरभित्रै भनेको छ । अनि सञ्चालन नै नभएको अस्पताल तीन सय शड्ढयामा चलेको र नभएको विभाग छ भन्दै सम्बन्धनका लागि योग्यता पुर्‍याएको छ । यस्ता यावत् नक्कली योग्यता खडा गरी सम्बन्धनको बाटो खुलाउने एउटा विशेष तरिका छ । मेडिकल शिक्षा क्षेत्रमा त्यसलाई ‘डेट सेलिङ’ भनिन्छ ।

‘डेट सेलिङ’ को अर्थ हो, सम्बन्धित कलेजलाई अनुगमनको सम्पूर्ण जानकारी पहिल्यै जानकारी गराउनु । जसमा अनुगमनको महिना, बार, समयसँगै, त्यसमा संलग्न हुने व्यक्ति र सोधिने प्रश्नबारे विस्तृत जानकारी काउन्सिलका पदाधिकारीले कलेजलाई दिन्छन् । तदनुरुप कलेज व्यवस्थापनले भौतिक पूर्वाधार, उपकरण, अत्यावश्यक जनशक्तिको जोहो, आवश्यक संख्यामा बिरामी संकलन र बाहिरबाट चिकित्सक (खडेबाबा) झिकाउने काम गर्छ ।

काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनका निम्ति गठित समितिमा तीनजना काउन्सिलका पदाधिकारी थिए । बाहिरका चिकित्सक पनि समावेश थिए । समितिका एक सदस्यले अन्नपूर्णसँग भने, ‘हामी अनुगमन गर्न जाँदा कलेजमा सबै ठिकठाक थियो । सोहीअनुसार हामीले प्रतिवेदन बनाएका थियौं । त्यसको पछाडि चलखेल रहेछ । त्यो थाहा भएको भए, म अनुगमनमै जाने थिइनँ । दोष नभए पनि अहिले सबैतिरबाट आरोप खेप्नुपरेको छ ।’

मेडिकल कलेजको सम्बन्धनसँगै सिट संख्या र शुल्क निर्धाणका विषयमा हुने अनुगमन पनि ‘डेट सेलिङ’ कै कारण विवादमा पर्ने गरेका छन् । केही दिनअघि चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सिट निर्धाणसम्बन्धी अनुगमनमा संलग्न २० जना काउन्सिलका पूर्वपदाधिकारीलाई छानबिनमा बोलाउने निर्णय गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना