काठमाडौं, ८ भदौ – चुनावमा जाने वा नजाने विषयमा अन्योलमा रहेको राजपाले बुधवार निर्वाचनमा जाने निर्णय गरेसँगै आज चुनाव चिन्हको विषय पनि टुंगो लगाएको छ ।
राजापाले साइकल चुनाव चिन्ह लिएर चुनावमा जाने निर्णय गरेको हो । हिँजो राजापा बैठकले चुनावमा जाने निर्णय गरेको थियो । आज राजपाको अध्यक्ष मण्डलको बैठकले चुनाव चिन्हका विषयमा सहमति गरेको छ ।
पार्टीका महासचिव सुमन मनीषले अब उम्मेदवार चयनका लागि मापदण्ड तय गर्ने, निर्वाचन समिति गठन गरी कार्यक्रम र नारा बनाउनेलगायत विषयमा छलफल हुन बाँकी रहेको बताए ।
राजापको बैठकले प्रचारप्रसार समिति, घोषणापत्र समिति, आर्थिक समिति, उम्मेदवार चयन संयन्त्र, केन्द्रीय नेता परिचालन, चुनाव चिन्ह छनोटजस्ता निर्णय लिने सुमनले बताए । यसअघि पदाधिकारी बैठक दुई दिनसम्म चलेको थियो ।
अब राजपा असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने छ । संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेपछि आफूहरु चुनावमा जाने राजपाले बताएको थियो । संविधान संशोधन विधेयक पेश भएर पनि असफल भइसकेको छ । अब राजपामा चुनावमा जानेछ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का