राजपाले थाल्यो निर्वाचनको तयारी

काठमाडौँ,  ८ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आउँदो असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने भएको छ । व्यवस्थापिका संसद्ले संविधान संशोधनको विवाद टुङ्गो लगाएपछि राजपा नेपाल निर्वाचनका लागि तयार भएको हो ।Rajapa-1-1024x351

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको पदाधिकारी बैठकले चुनावमा भाग लिनुपर्ने सुझाव नेतृत्वलाई दिएको राजपा नेपालका महासचिव जितेन्द्र सोनलले जानकारी गराउनुभयो । “के कारणले संविधान संशोधन विधेयक पारित हुन सकेन, त्यो कुराको जानकारी दिनकै लागि भए पनि राजपा नेपाल चुनावमा जानुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “सबैलाई थाहा भएकै कुरा हो, नेकपा एमाले पार्टीका कारण संविधान संशोधन विधेयक पारित हुन सकेन, अहिले त्यो दल प्रदेश २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिँदैछ, उसले त्यहाँका जनतालाई जवाफ दिनुपर्छ । ”
संविधान संशोधन विधेयक पारित नभएको कारण देखाउँदै राजपा नेपालले यसअघि दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिएको थिएन । संसद्बाट भदौ ५ गते संशोधन विधेयक पारित नभएपछि राजपा नेपाल चुनावको तयारीमा जुटेको छ । राजपा नेपालले विधेयक अस्वीकृत भएको भोलिपल्ट नै पदाधिकारीको बैठक बोलाएर चुनावको विषयमा छलफल चलाएको थियो ।
छलफलमा अधिकांश पदाधिकारीले चुनावमा जान सल्लाह दिएको महासचिव सोनलले जानकारी गराउनुभयो । पदाधिकारी बैठक सम्पन्न भएलगत्तै बुधबार अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकमा चुनाव चिह्न, उम्मेदवार छनोटको प्रक्रिया, चुनावी घोषणापत्र तयारी समिति लगायतका विषयमा छलफल भएको छ ।
निर्वाचन आयोगले छाता चुनाव चिह्न नदिएपछि राजपा नेपालमा आबद्ध पुराना छ दलका चुनाव चिह्नमध्ये एउटा कुनै लिने विषयमा छलफल भइरहेको छ । छलफलमा साइकल, तीर र पञ्जामध्ये कुनै एउटा लिएर चुनावमा सहभागी हुने गरी छलफल भइरहेको नेता सोनलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा