काठमाडौँ, ७ भदौ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा उठाउनुपर्ने विषयमा परराष्ट्रविद्सँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटमा परराष्ट्र मामिलाका विज्ञहरूले नयाँ सम्झौताभन्दा पनि पुराना सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले मङ्गलबार भारतका लागि नेपालका पूर्व राजदूतहरू डा. भेषबहादुर थापा, दुर्गेशमान सिंह र रुक्मशमेर राणा तथा प्राध्यापक लोकराज बरालसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार, पूर्वराजदूतहरूले आफ्नो अनुभव सुनाउँदै द्विपक्षीय सम्बन्ध सुमधुर बनाउने सम्बन्धमा आफ्नो राय सुझाव दिनुभएको थियो ।
पूर्वराजदूत थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमणको रूपमा रहनुपर्ने बताउनुभयो । उहाँले दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण सम्बन्ध भए बाँकी विषयहरू आफै राम्रो र घनिष्ठ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व पराराष्ट्र मन्त्रीसमेत हुनुभएका थापाले भारत र चीनबीचको डोक्लम विवादमा नेपाल प्रवेश गर्न नहुने सुझाव दिनुभयो । यसैगरी, भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध सद्भाव र विश्वासको आधारमा हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल–भारत सिमानामा निर्माण गरिएका बाँधले नेपालतर्फको मात्रै क्षति नगरेको र भारततर्फ पनि ठूलो क्षति गरेको बताउँदै त्यसको दिगो समाधानका लागि दुवै देशले प्रधानमन्त्री तहमा प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा