प्रधानमन्त्री देउवा आज भारत भ्रमण

काठमाडौँ,  ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार भारत प्रस्थान गर्नुहुने भएको छ । चार जना मन्त्री, नौ जना सांसद तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी संलग्न टोलीसहित प्रधानमन्त्री पाँचदिने औपचारिक भ्रमणका लागि भारतको भ्रमणमा जान लाग्नुभएको हो ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नुभएका प्रम देउवासँग उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जीतेन्द्र देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा जानुहुनेछ । भ्रमण दलमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरमलगायत पार्टीबाट नौ जना सांसदहरू सहभागी हुनुहुनेछ ।
भ्रमण टोलीमा प्रधानमन्त्री देउवाकी धर्मपत्नी आरजु देउवा पनि हुनुहुन्छ । त्यसैगरी परराष्ट्र मन्त्रालयबाट सचिवसहित नौ जना तथा अन्य मन्त्रालयबाट समेच उच्च अधिकारी सहभागी हुनुहुनेछ । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, प्रेस संयोजक गोविन्द परियार तथा सचिवालयका सदस्य पनि हुनुहुनेछ ।

नेपाल एयरलाइन्सबाट बुधबार बिहान दिल्ली प्रस्थान गर्नुहुने प्रधानमन्त्री देउवाले बिहीबार उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति रामनाथ कोविद तथा समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरको कार्यक्रमा सहभागी हुने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री देउवाले प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुने तथा एभरेस्ट चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग दोस्रो दिन भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री गार्ड अफ अनर दिने कार्यक्रममा सहभागी हुने र महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि दिन राजघाट जाने कार्यक्रम छ । तेस्रो दिन विभिन्न राजनीतिक पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमअनुसार भारतीय जनता पार्टी (बीजेपी) का महासचिव राम माधवले नेतृत्व गरेको संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनुहुनेछ ।
कार्यक्रम सकेर दिउँसो भारतीय वायु सेनाको विशेष विमानबाट प्रधानमन्त्री आन्ध्र प्रदेशको हैदरावाद जाने कार्यक्रम छ । चौथो दिन प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित आन्ध्र प्रदेशमा रहेको तिरूपति मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
भ्रमणको पाँचाँै दिन ११ गते प्रधानमन्त्री देउवा दिल्ली हुँदै नेपाल एयरलायन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । देउवा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुभएको भने चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना