August 22, 2017

अस्थायी शिक्षककाे परीक्षा स्थगित

काठमाडौं, ६ भदौ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ ।

अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट परीक्षा स्थगित गर्नु भनी पत्र सोमबार आएपछि परीक्षा स्थागित गर्नुपरेको बताए ।

यसअघि असार ३१ गते र भदौ ३ गते हुने भनिएको परीक्षा आयोगले बाढीपहिरो आएकाले भदौ १० गतेका लागि सारेको थियो । त्यसअघि असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो । उनका अनुसार परीक्षा कार्यक्रम २०७४ साल असोज ८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

मन्त्रिपरिषद् कार्यालयले अविरल वर्षाका कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको र राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको भन्दै शिक्षा मन्त्रालयमार्फत परीक्षा स्थगित गर्न निर्देशन दिएकाले स्थगित गरिएको प्रशासकीय प्रमुख पौडेलले बताए ।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि शिक्षा ऐन आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो । परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।

प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे पनि १५ हजार ६९० ले मात्र दर्खास्त भरेका थिए । अस्थायी शिक्षकहरु परीक्षा सार्न र ऐनको नवौँ संशोधनका माध्ययबाट विगतमा गरिएको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई पनि सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलित छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित