आजबाट इम्बोसड प्रणाली शुरु

५ भदौ, काठमाडौं – सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ ।

yatayat-officeमुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।

यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सो कार्य सम्पन्न हुँदा यसको लागत रु चार करोड ३७ लाख ८७ हजार ५०० अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तानी गरिने छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमो ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने हुँदा त्यसको प्रयोगपछि सवारीसाधन नं टाडाबाट समेत देख्न सकिन्छ । नं प्लेटमा अन्तर्राष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी छ । प्लेटको कडापन एच४१ र एच ४२ हुने र प्लेटको मोटाई ०.९८ एमएम हुनेछ ।

राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ, तल गाढा निलो रङ एनइपी, अक्षरमुनि लालीगुराँससहित नेपालको निसाना छाप हुनेछ । सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानूनी व्यवस्था गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सो प्रणालीको शुभारम्भ गर्दै यातायात क्षेत्रमा सो प्रविधिको प्रयोगले नयाँ आयाम थपेकाले अब अन्तर्राष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन तथा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मानवीय कमीकमजोरीलाई न्यूनीकरण गर्न यन्त्र तथा प्रविधिको खाँचो औँल्याउँदै जनतासँग प्रत्यक्ष जोडिएको सो मन्त्रालयले सेवाग्राहीलाई समयसापेक्ष सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्लेटको बायाँ छेउँको माथि नेपालको झण्डा र त्यसको तली देश जनाउने गरी एनइपी र लेखिएको छ, त्यसको मुनि सुरक्षात्मक होलोग्राम राखिएको छ । प्लेटको माथि अञ्चल तथा तल लट नं जनाउने गरी अंग्रेजी अल्फाबेटमा लेखिएको छ, यो संघीयताको अभ्यास शुरु भएपछि सोहीअनुरुप विकास गर्न सकिने जनाइएको छ ।

नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नं प्लेटलाई अब पाँच प्रकारको नं प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनमा इम्बोस्ड नं प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले विश्वास व्यक्त गरे ।

विभागले यो नं प्लेट राखेवापत राजश्ववापत सेवाग्राहीबाट ठूला सवारीका लागि रु तीन हजार ६००, चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकलका लागि रु दुई हजार ५०० दस्तुर निर्धारण गरेको छ । यसको प्रयोगपछि दुर्घटना भएमा छिटो छरितो घाइतेको उद्धार हुन सक्ने भएकाले यसलाई यस क्षेत्रको ठूलो उपलब्धि मानिएको छ ।

सवारी साधनको सम्पूर्ण विवरण राखिने उक्त प्रविधिमा साधनको थप जानकारी लिन काठमाडौँ उपत्यकाका सबै नाकामा प्रवेश तथा वाहिरिने साधनका लागि विद्युतीय द्वारको व्यवस्था गरिने प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि