काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले गुण्डागर्दी र अनियमितता नियन्त्रणका लागि आफू लागिपरेको भन्दै यसमा सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् । 
वाइसियल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै शर्माले समाजमा व्याप्त विकृति विसंगतिका साथै गुण्डा र अनियमितताको सूचना दिन आग्रह गर्दै त्यसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताए । उनले समाजमा शान्ति सुरक्षा गर्ने कार्यमा सरकार क्रियाशिल रहेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन वाइसियल जस्ता युवा संगठनको भूमिका महत्वपूर्ण हुने बताए ।
शान्ति प्रक्रियामा आएपछि पार्टी जनतासँग जोडिन नसकेकाले जनताबाट अलग भएको स्वीकार गर्दै जनतासँग कुनै न रुपमा जोडिइरहनु पर्ने र त्यसमा वाइसियलको पनि भूमिका रहने गृहमन्त्रीले बताए । यद्यपी माओवादी कै जोडबलमा संविधान जारी गर्न सफल भइएको उनको भनाई छ ।
उनले संविधानलाई उत्कृष्ट भएको दाबी गर्दै भने, ‘संविधानमा सर्वहाराको अधिनायकत्व बाहेक जनवादी क्रन्तिमा लेखिने सबैकुरा लेखिएको छ । संविधान कार्यान्यवनको चुनौति भएपनि सामना गर्दै अघि बढ्नुपर्छ ।’
उनले संविधानको कार्यान्वयन हुँदै जाँदा कसले अधिकार दिलाएको भन्ने कुरा जनताले बुझ्दै जानेसमेत दाबी गरे ।
उनले भने, ‘हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौं । अब हामीले आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्छ । त्यसका लागि नयाँ मोर्चा बनाउन जरुरी छ । आम युवालाई जाडेर साझा कामको सुरुवात गर्नु जरुरी छ । ’
उनले आर्थिक समृद्धि बिना विकास सम्भव नभएको भन्दै विकासको काममा वाइसिलयलपनि सहभागि हुनुपर्नेमा जोड दिए ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।