साउन ३१, नेपाल र चीनबीच तीन बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारको उपस्थितिमा दुर्इ देशका उच्च सरकारी अधिकारीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र चीनको तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयका प्रतिनिधि यु जिअन्ह्वाले हस्ताक्षर गरे ।
समझदारीअनुसार चीनले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन, अरनिको राजमार्गको स्तरोन्नति गर्न र रसुवाको नाकामा पुल निर्माण गर्न साढे १५ अर्ब रूपैयाँ सहयोग गर्नेछ । त्यस्तै, पेट्रोलियम तथा ग्यास अन्वेषण तथा सर्वेक्षणका लागि २ अर्ब रूपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने बारे पनि सहमति भएको छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीका अनुसार विद्युत्, सडक, कृषि, ट्रान्समिसन लाइन निर्माण अदिलार्इ प्राथमिकताका क्षेत्र तोकेर लगानी विस्तार गरिनेछ ।
तस्बिर : रासस
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित