चीनले रसुवा नाकाको पुल बनाउन साढे १५ अर्ब सहयोग गर्ने

साउन ३१, नेपाल र चीनबीच तीन बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारको उपस्थितिमा दुर्इ देशका उच्च सरकारी अधिकारीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र चीनको तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयका प्रतिनिधि यु जिअन्ह्वाले हस्ताक्षर गरे ।

समझदारीअनुसार चीनले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन, अरनिको राजमार्गको स्तरोन्नति गर्न र रसुवाको नाकामा पुल निर्माण गर्न साढे १५ अर्ब रूपैयाँ सहयोग गर्नेछ । त्यस्तै, पेट्रोलियम तथा ग्यास अन्वेषण तथा सर्वेक्षणका लागि २ अर्ब रूपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने बारे पनि सहमति भएको छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीका अनुसार विद्युत्, सडक, कृषि, ट्रान्समिसन लाइन निर्माण अदिलार्इ प्राथमिकताका क्षेत्र तोकेर लगानी विस्तार गरिनेछ ।

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र