साउन, काठमाडौं । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् ।
मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए । ‘मनसुनी वषर्ाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’
मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।
बाढीमा परेर ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।
यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।
कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना