August 12, 2017

बाढीको त्रास : २३ को मृत्यु, ४ बेपत्ता

८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।

Related image

गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् ।

पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।

प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले अनलाइनखबरलाई बताए ।
अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।

बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्‍याएको छ । त्यस्तै केराबारी- ५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा समेत बाढीले क्षति पुर्‍याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।Image result for flood in nepal 2017

 

बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ ।

मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् ।

सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।

बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना