प्रधानमन्त्री : ‘बुद्धिजम’ले नेपाल श्रीलंका सम्वन्ध अझैं प्रगाण

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुँदै गइरहेको बताएका छन् । 
शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँग भएको भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाण बनाउदै लगेको बताए । 
 ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ । यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ प्रधानमन्त्रीले भने, ‘नेपाल श्रीलंकासँगको सम्वन्ध अझै बढाउन चाहन्छ ।’ 
प्रधानमन्त्रीले नेपालमा आएको भुकम्पको बेलामा श्रीलंकाले गरेको सहयोगको प्रशंसा पनि गरे ।  भेटमा नेपाल र श्रीलंकाबीचको व्यापार बृद्धिका विषयमा पनि छलफल भएको थियो । 
भेटमा श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्तले दुई देशबीच व्यापार र पर्यटनमा थप बृद्धि गर्नुपर्ने बताएका थिए ।  ‘ठूलो संख्यामा श्रीलंकनहरु नेपाल घुम्न आउँछन्’ उनले भने, ‘विषेशगरी लुम्विनीको लागि आउने संख्या निकै बढि छ, कनेक्टीभि बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ ।’
बसन्तले नेपालको संविधान यो क्षेत्र (रिजन)कै उत्कृष्ट संविधान भएको बताउँदै महिला र सिमान्तकृत समुदायको अधिकारमा निकै प्रगतिशित भएको पनि बताएका थिए ।  ‘महिला र सिमान्तकृत समुदायको अधिकारका विषयमा नेपालको संविधान यो क्षेत्रकै ‘मदर’ संविधान हो’ परराष्ट्र राज्यमन्त्री वसन्तले भने । 
परराष्ट्र राज्य मन्त्रीले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणको लागि पनि आग्रह गरे । ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने, ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौ ।’
उनले  नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने धारणा पनि राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना