२५ साउन, बुटवल – एकीकृत नेकपा माओवादी केन्द्र पनि प्रादेशिक र संघीय चुनाव एकैपटक गर्ने पक्षमा उभिएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबै चुनाव एकै चरणमा पर्नु पर्ने बताएका हुन् । ‘यसो गर्दा संवैधानिक अप्ठ्यारो पनि पर्दैन,’ उनले भने, ‘निर्विवाद उपाय भनेको केन्द्र र प्रदेशको समानुपातिकको मत्रपत्र र बाँकी एउटै बनाउँदा मिल्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले दुबै चुनाव एकै चरणमा गर्ने प्रस्ताव अघि सार्दै आएका छन् । प्रमुख विपक्षी दल नेकपा एमाले पनि प्रधानमन्त्री देउवाकै लाइनमा देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि समर्थन गरेपछि अब दुबै चुनाव एकै चरणमा हुने सम्भावना बढेको छ ।
यसबारे प्रमुख तीन दल केही दिनमै टुंगोमा पुग्ने उनले बताए । साथै चुनाव मंसिर पहिलो साता हुने दाबी गरे ।
राजपा चुनावमा नआए आफैं सिद्धिन्छ
माओवादी अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुने बिश्वास ब्यक्त गरे । निर्वाचनमा नआए राजपाका लागि आत्मघाती हुने उनले दाबी गरे ।
वैद्य-बाबुराम-विप्लवसँग एकताको पहल
प्रचण्डले पार्टी बिभाजनको कारण स्थानीय चुनावमा माओवादीको अपेक्षित नतिजा नआएको बताए ।
पार्टी थप बलियो बनाएर अघि बढ्न सबैसँग छलफल भइरहेको भन्दै उनले भने, ‘वैद्य, बाबुराम, विप्लवसम्म पनि एकताको पहल भएको छ, सकारात्मक हुँदैछ ।’
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता