चितवन । पहिलो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन कार्यालय चितवनले जाली लगाएर मतगणना गर्दैछ ।त्यसका लागि गणनास्थलमा जाली लगाइसकिएको छ । खेलकुदको कभर्ड हलभित्र मतगणना गर्ने र राजनीतिक दलका प्रतिनिधि रहने बीच भागमा जाली लगाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका हरि अधिकारीले जानकारी दिए ।जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेका बेला नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र नै च्यातेपछि जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
राजनीतिक दलको बैठकपछि रातिदेखि नै हुँदैछ । सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खसेको छ ।वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । हिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।
निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने